२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

‘गुणस्तरीय काम नभएको योजनाको भुक्तानी दिँदैनौं’

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २४ गते २०:००
‘गुणस्तरीय काम नभएको योजनाको भुक्तानी दिँदैनौं’

अर्घाखाँची : अर्घाखाँचीका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले मुस्कानसहितको सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन दिएका छन्  । 

सन्धिखर्क नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर १२ सम्म रहेका वडा कार्यालयको अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले नगरपालिका मातहतका सबै कार्यालयहरुमा मुस्कानसहितको सरल, सहज सेवा दिन र सेवाग्राहीको कुनै गुनासो नआउने गरी सेवा प्रवाह गर्न वडाका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत भुसालले कानून बमोजिमको काम कुनै पनि रोक्दै नरोक्ने र कानून विपरितको काम कसैले दबाब दिए भनेर गर्दै नगर्ने बताए । 

उनले  गलत गर्ने र मेहेनत नगर्ने कुनै  कर्मचारीलाई छुट नभएको भन्दै स्थानीय तह जनताको नजिकको सरकार भएकोले जनताको धेरै आशा अपेक्षा रहेकोले सोही अनुसार काम गर्नुपर्ने बताए । भुसालले भने, ‘कर्मचारी जनप्रतिनिधिको सामूहिक प्रयासबाट मात्रै नगरपालिकाले सफलता प्राप्त गर्न सक्ने भएकोले त्यसका लागि सबै नगरपालिकाबासीको  सहयोगको अपेक्षा गरेको  छु । तपाईंहरुको सहयोगले नगरपालिकालाई उत्कृष्ट बनाइनेछ ।’  

प्रमुख प्रशासकीय अधिकृत भुसालले वडा कार्यालयबाट हुने सेवाग्राही कार्य सम्पादनको वर्तमान अवस्था, वडाबाट गरिने व्यवसाय दर्ता नविकरण, वडा कार्यालयको अभिलेख व्यवस्थापन, वडामा भएको जिन्सी व्यवस्थापनको अवस्था कर्मचारीहरुको उपस्थिति सेवाग्राहीको गुनासो कार्यालय व्यवस्थापनका बारेमा वडाध्यक्ष, जनप्रतिनिधिहरुसँग जानकारी लिँदै तुरुस्त दुरुस्त सेवा दिन कर्मचारीलाई निर्देशन दिएको वडा नम्बर ७ का सचिव सीता विसीले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत भुसाल सन्धिखर्क नगरपालिकामा आएपछि नगरपालिकाभित्रको दैनिक प्रशासनिक सुधारका काम हुनुको साथै सुशासन पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै जनप्रतिनिधिहरुले समेत प्रशंसा गर्ने गरेका छन् ।

सन्धिखर्क नगरपालिकाको सबै भन्दा बढी राजश्व उठ्ने र व्यस्त वडामा वडा नम्बर १ र वडा नम्बर २ को कार्यालय हो । 

यस्तै अधिकृत भुसालले सन्धिखर्क नगरपालिका वडा कार्यालयहरुको छड्के अनुगमन गर्ने गरेका छन् ।  काममा पनि पारदर्शिता कायम गरेर अगाडि बढ्ने बताउँदै नगरपालिकाभित्रका सबै योजनाहरु अनुगमन गरेर गुणस्तरीय भए÷नभएको बुझेर मात्रै भुक्तानी दिने बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise