२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

मानव अधिकार शान्ति समाज अर्घाखाँचीको अध्यक्षमा अधिकारी

Nada
सूर्यप्रसाद भुसाल
२०८१ कार्तिक २४ गते २०:५८
Shares
मानव अधिकार शान्ति समाज अर्घाखाँचीको अध्यक्षमा अधिकारी

अर्घाखाँची : मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको  १२औं  साधारणसभा सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

ncell

जसको सभापतिमा मधु अधिकारी,उपसभापतिमा दिपक बेल्बासे,सचिवमा सागर महत, सह–सचिवमा टान बहादुर थापा, कोषाध्यक्षमा सावित्रा पौडेल, सदस्यहरुमा नारायाण प्रसाद बेल्बासे,हिमलाल पौडेल,कृष्ण परियार प्रकाश चुँदाली सम्झना खनाल लगायत चयन भएका छन् । यस्तै सदस्यमा रमेश मरासिनी र प्रदिप आचार्यलाई मनोनित गरिएको छ । 

कार्यक्रमको प्रमुख  अतिथि रहेका सन्धिखर्क नगरपालिका पूर्व नगरप्रमुख कमल प्रसाद भुसालले शान्ति समाजले समाजमा दबिएर रहेका आम नागरिकको मुद्दालाई बाहिर ल्याउन आवश्यक रहेको बताए । कसैको दबाब प्रभावमा नपर्न समेत उनले आग्रह गरे । यस्तै शान्ति समाजका केन्द्रीय सचिव सन्तोष अधिकारी क्षेत्रीले यो संगठनले केवल अधिकार क्षेत्रमा मात्र काम गर्ने बताए ।

कार्यक्रममा शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष सारदा भट्टराई, शिक्षक महासंघका अर्घाखाँचीका अध्यक्ष नम बहादुर रानाभाट, कपिलबस्तुका अध्यक्ष गोविन्द पोख्रेल, भूमि आयोग अर्घाखाँचीका पूर्व अध्यक्ष यादव प्रसाद घिमिरे, शान्ति समाज नवलपरासी शाखा सभापति शिव प्रसाद पौडे्ल, शान्ति समाज कपिलबस्तुका पूर्व सभापति माधव घिमिरे लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम शान्ति सेवा समाज अर्घाखाँचीका सभापति निलकण्ड भुसालको अध्यक्षता, पूर्व सभापति अशोक पौड्ेलको स्वागत मन्तव्य र सागर महतले सञ्चालन गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर