२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

हरिबोधिनी एकादशीको दिन शितगंगा नगरपालिकामा सार्वजनिक बिदा

Nada
सूर्यप्रसाद भुसाल
२०८१ कार्तिक २५ गते २०:४०
Shares
हरिबोधिनी एकादशीको दिन शितगंगा नगरपालिकामा सार्वजनिक बिदा

शितगंगा : अर्घाखाँचीको शितगंगा नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले हरिबोधिनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिकस्थलमा लाग्ने धार्मिक मेलाका लागि भन्दै शितगंगा नगरपालिकाले सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन जिसीले बताए ।

ncell

नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूमा कात्तिक २७ गते सार्वजनिक बिदा दिइएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले मध्यान्हलाई जानकारी दिए । संघीय तथा प्रदेश सरकारले दिएको बिदाबाहेक स्थानीय तहबाट नगरपालिकास्तरीय निर्णय गरी बिदा दिइएको खनालले जानकारी दिए ।

हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क त्रिवेणी धाम नदी किनारामा मेला लाग्ने हुँदा मेला हेर्नका लागि जिल्लाभित्र तथा बाहिरबाट हजारौ् दर्शनार्थी सन्धिखर्क आउने  गर्छन् भने धेरै शक्ति पिठमा त्यसदिन पूजा हुने गर्छ । 

सन्धिखर्क त्रिवेणी धाममा २७ गते मेला लाग्ने भएपनि बजारमा तीन दिन एकादशी मेलाको अवसरमा भैलीहरु नाचिन्छ । हरेक वर्षजस्तै यस वर्ष पनि चुत्रावेसी नदी किनारमा मेला लाग्ने भएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको अर्घाखाँचीमा एकादसी र माघे संक्रान्तिमा विशेष मेला लाग्छ ।

ताजा खबर

सम्बन्धित खबर