२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

ट्राफिक व्यवस्थापनसम्बन्धी बृहत् अन्तरक्रिया

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २५ गते २१:२६
ट्राफिक व्यवस्थापनसम्बन्धी बृहत् अन्तरक्रिया

अर्घाखाँची : अर्घाखाँचीमा  ट्राफिक व्यवस्थापन सम्बन्धी  बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यातायात व्यावसायी, सवारी चालक एवम् सर्वसाधारणलाई ट्राफिक नियमका साथै सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सन्धिखर्क नगरपालिका अर्घाखाँचीको  आयोजनामा भएको ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले खिल्जि दुर्घटनाले चालकहरुको  गम्भीर लापरबाही देखिएकोले अब मापसे  गर्ने र ठूला गाडीको लाइसेन्स नभएका तर गाडी चलाएको देखिएमा प्रहरीले सिँधै लापरबाही गरेको कसुरमा मुद्दा चलाउनु पर्नेमा जोड दिएका थिए । 

सडक दुर्घटना हुनुको कारण मुख्यगरी सवारी चालकको धेरै लापरबाही देखिएको बढी यात्रुहरु बोकेको गाडीहरु समयमा सर्भिसिङ नगराएको सागुरा सडकका साथै मापदण्ड विपरित सवारि सादन सञ्चालन गर्नु मुख्य कारण रहेको बोल्ने वक्ताहरुले  बताएका थिए । सवारी साधनमा  क्षमता भन्दा बढी यात्रु चढाउनुका साथै मनलाग्दी भाडा लिने गरेको बताउँदै यस विषयमा ट्राफिक प्रहरीले कडाइ गर्नुपर्ने सरोकारवालाको भनाइ रहेको थियो । बजारका मुख्य चोकहरुमा ट्राफिक लाइटका साथै आकासे पुलको निर्माण गर्न सके दुर्घटनामा न्युनीकरण गर्न सहयोग पुग्ने भएकाले अब नगरपालिकाको लगानी त्यसतर्फ केन्द्रित हुनुपर्ने सरोकारवालाको भनाइ रहेको थियो ।

सन्धिखर्कमा  साघुँरो सडक र सडकका दायाँ बाँया मापदण्ड विपरित खोलिएका ग्रामीण सडकका साथै ग्रामीण भेगमा चल्ले जिप ट्याक्सीहरु  क्षमता भन्दा बढी यात्रु राखेर सवारी सादन चलाउनुले पनि दुर्घटनाको जोखिम बढाएको भन्दै यातायात व्यवसायीहरुले पनि त्यस्तो गतिविधि गर्ने सवारी साधनलाई कारबाही गर्न प्रहरीलाई अनुरोध गरेका थिए ।

अर्घाखाँची जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सन्धिखर्कमा यो कार्यक्रमको आयोजना गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

उनले दुर्घटना भइसकेपछि पछुताउनु भन्दा पहिले नै सचेत हुन सबैलाई आग्रह गरे । सहज र सुरक्षित यात्राको लागि मन्त्रालयले विभिन्न जिल्लामा पुगेर ट्राफिक प्रहरीसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र यो कार्यलाई निरन्तरता दिने श्रेष्ठले  बताए ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर मल्लले रातो प्लेट र कालो प्लेटका गाडी चलाउने सवारी चालकलाई अनिवार्य चालक परिचयपत्र ड्रेसको व्यवस्थापन गर्न र कुनै सवारी चालकले मापसे गरेको पाइएमा सिधँै मुद्दा चलाउने चेतावनी दिए ।

डिएसपी मल्लले भने,‘कुनै ठाउँमा दुर्घटना गराउने र चालक भाग्ने वा प्राइभेट गाडीहरु सामान्य दुर्घटना भएपछि तत्काल प्रहरीलाई जानकारी नदिने, पछि इन्सुरेन्सका लागि कार्यालयमा रिपोर्ट गर्न आउने परम्परा देखिएको छ । अब त्यस्तो कदापी हुन सक्दैन । प्रहरी यस विषयमा सचेत छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख निरज  गौतमले  ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कडा करबाही गर्ने बताउँदै केही सवारी चालकले सवारी चालक अनुमति बिना सवारी साधन चलाएको भन्ने जानकारी आएको बताए । उनले यस्ता चालकलाई कडा कारबाही गर्ने बताए । ट्राफिक नियमको पालना गर्नु अरुको लागि नभएर आफ्नै लागि भएको बताउँदै यसमा सबै जिम्मेवार हुन आग्रह गरे । तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई आफुहरुलाई जानकारी गराउन आग्रह गर्दै नियम भन्दा बाहिर जान खोज्ने कसैसँग पनि आफुहरुले सम्झौता नगर्ने उनले बताए ।

छलफलमा नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, शाखा अधिकृत मन्जु खनाल, मुक्ति खनाल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका कमल भट्टराई, देउराली यातायातका अध्यक्ष गोबिन्द बन्जाडे, उपाध्यक्ष अशोक भुसाल, ट्याक्सी व्यवसायी संघका अध्यक्ष महेन्द्र भुसाल, लङका यातायात अर्घा भगवती यातायातका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विपिन कार्की, सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा बहादुर केसी, १२ का अध्यक्ष नारायण खड्का, पत्रकार महासघका अध्यक्ष अशोक खनाल लगायतले मन्तव्य राखेका थिए ।

अर्घाखाँचीको सन्धिखर्कमा २७ गते लाग्ने एकादशी मेलालाई व्यवस्थित बनाउनका लागि गाडी पार्किङ तथा रुट समेत कायम गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

ADV

सम्बन्धित खबर

Advertise