२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

सहकार्यमार्फत विद्यालयको समस्या समाधान गर्नुपर्छ : मेयर खड्का

ADV
सपना बोहरा
२०८१ कार्तिक २५ गते २१:३०
सहकार्यमार्फत विद्यालयको समस्या समाधान गर्नुपर्छ : मेयर खड्का

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा देखिएको शैक्षिक गतिविधिको समस्याको बारेमा ध्यानाकर्षण गराइएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका उपमहासचिव सुशिला सुवेदीको नेतृत्वमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का र सामाजिक विकास शाखा प्रमुख मानबहादुर रावतलाई ध्यानाकर्षण गराइएको हो ।

दशैं, तिहार तथा छठ पर्वको विदामा तुलसीपुर उपमहानगरपालिकामा मनपर्दी शैक्षिक गतिविधिका गरिएका निर्णयका विषयमा पेशागत शिक्षकहरूबाट गुनासो आएपछि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए ।

तुलसीपुर क्षेत्रको मावि संक्रम, मावि प्रतापकोट, मावि दुधरासमा  समन्वय नगरी शिक्षकहरूको सरुवा गरिएको विषयमा छलफल गरिएको थियो । छलफलमा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेश कुमार पाण्डेले पेशागत शिक्षकहरूको दिदी विधानमा रहेर काम गर्नुपर्ने बताएका थिए ।

नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष प्रकाश डांगीले समग्र शैक्षिक सुधारको विषयमा महासंघ गम्भीर रहेकाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको विषयमा महासंघसँग समन्वय गरेर समाधान गर्नतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।

शिक्षक महासंघ दाङका अध्यक्ष युवराज बस्नेतले तुलसीपुर उपमहानगरपालिकाले दशैं, तिहारको बिदामा मनपर्दी शिक्षक सरुवा सरुवा भएको गुनासोहरू आउन थालेपछि ध्यानाकर्षण गराएका थिए ।

शिक्षक सरुवा सम्बन्धी कार्यविधिलाई  र पेशागत शिक्षकका संघ संगठनलाई पनि समन्वय नगरेर गरिएका निर्णयप्रति ध्यानाकर्षण भएको बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख मानबहादुर रावतले शिक्षा क्षेत्रमा आएका गुनासाहरूको समन्वय र सहकार्यमार्फत समाधान गर्न सकिने बताएका थिए । कानून र विधिसम्वत् तरिकाले शैक्षिक गतिविधिलाई सञ्चालन गरिने उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले केही विद्यालयहरूमा तत्काल निर्णय गर्नुपर्ने भएकाले र कार्यदलले नै पछि अनुमोदन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । बाँकी अन्य विद्यालयमा देखिएका समस्याहरूको बारेमा छलफलको माध्यमबाट नै समाधान गरिने उनको भनाइ थियो । ‘कसैको अनुहार हेरेर होइन, साझा निर्णय हेर्नुपर्छ’ छलफलमा मेयर टिकाराम खड्काले भने,‘शिक्षा क्षेत्रको सुधारमा शिक्षकहरूको नै सहकार्य हुनुपर्छ ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise