२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

क्रोएसियामा नेपालीसहित चार विदेशी कामदारमाथि आक्रमण

ADV
२०८१ कार्तिक २६ गते ०६:३५
क्रोएसियामा नेपालीसहित चार विदेशी कामदारमाथि आक्रमण

काठमाडौं : क्रोएसियामा नेपालीसहित चार विदेशी कामदारमाथि आक्रमण भएपछि आप्रवासी कामदारको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । क्रोएसिया प्रहरीले विदेशी कामदारहरुविरुद्ध जातीय उत्प्रेरित आक्रमणको आरोपमा चार पुरुषलाई पक्राउ गरेको छ ।

३ करोड ८० लाख जनसंख्या भएको क्रोएसियामा घट्दो जनसंख्या र बढ्दो आप्रवासनले समाजमा असन्तुष्टि बढी रहेको बताइएको छ । क्रोएसियाको स्प्लिट क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने कामदारहरुलाई लक्षित गरी तीन अन्य घटनाहरु भएको थियो, जसमा एक नेपाली गम्भीर घाइते भएका थिए ।

अर्का पीडित भारतीय थिए भने अन्य दुईको राष्ट्रियता भने खुलाइएको छैन । प्रहरीले तीनै आक्रमणमा संलग्नहरुको खोजी जारी राखेको जनाएको छ । परम्परागतरुपमा बाल्कन देशका मौसमी कामदारहरुमा भर परेको क्रोएसियाले एड्रियाटिक तटमा निर्माण र यसको प्रमुख पर्यटन क्षेत्रमा नेपाल, भारत, फिलिपिन्स र अन्य ठाउँबाट विशेषगरी दशौं हजार कामदार लगेको छ । पछिल्ला दिनहरुमा कन्स्ट्रक्सन क्षेत्रमा विदेशी कामदारमाथि निर्भर रहेको छ । 

फुड सप्लाइमा कार्यरत कामदारमाथि आक्रमण गरेको आशंकामा पक्राउ परेका चार जनालाई ‘घृणा अपराध’मा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
क्रोएसियाले गत वर्ष लगभग १ लाख २० हजार गैरईयू आप्रवासीहरुलाई वर्कपर्मिट प्रदान गर्रेको थियो । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । यस वर्ष नोभेम्बरसम्म करिब १ लाख ५० आप्रवासीको वर्कपर्मिट जारी भएको बताइएको छ । 

जाग्रेबका प्रहरीले यस वर्ष विशेषगरी खाद्यान्न ढुवानी गर्ने विदेशी कामदारहरुमाथि आक्रमण गर्नेहरुको संख्या बढेको बताएको छ । धेरैजसो घटनाहरुमा आक्रमणहरु डकैती प्रकृतिका रहेका बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise