२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने

ADV
मध्यान्ह
२०८१ असार ४ गते १५:०४
‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने

काठमाडौं : चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशको विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेष्टिभल नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

फेष्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका  चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका फिल्म फेष्टिभलको विशेष प्रथामिकतामा पर्नेछ । फेष्टिभलमा सहभागीहुन चाहने फिल्मले यही असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।

विभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको समेत सहभागिता रहने फेष्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवादलगायतका विभिन्न कार्यक्रमसमेत आयोजना हुने फेष्टिभलको तयारी समेत शुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए ।

‘यो फेष्टिभल यस वर्ष कोशी प्रदेशको विराटनगरमा आयोजना हुने भएपनि आगामी वर्षहरुमा हामीले देशभर लैजाने योजना बनाएका छौं,’ पराजुलीले भने, ‘फेष्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ ।’ फेष्टिभल भव्य र सभ्य बनाउन आफूले कुनै कसर बाँकी नराख्ने पराजुलीले बताए ।

चलचित्र विकास बोर्डको सहकार्य रहेको फेष्टिभलमा किङ्डम इन्टरनेशनल र डब्लुसीसीएन सहयोगी संस्थाको रुपमा जोडिएका छन् । फेष्टिभलमा सहभागिताका लागि फारम निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुने समाजले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise