२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जाँदा एनओसी नचाहिने

ADV
मध्यान्ह
२०८१ कार्तिक २६ गते १३:३९
श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जाँदा एनओसी नचाहिने

काठमाडौं : श्रम स्वीकृति भएका नेपाली नागरिकलाई भारतीय विमानस्थल प्रयोग गरेर विदेश जाँदा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा एनओसी लिनुपर्ने भएपनि श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भने एनओसी आवश्यक नपर्ने दूतावासले सूचनामा उल्लेख गरेको छ ।

दूतावासले नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नेपाली नागरिक र १६ वर्षमुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise