२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन प्रस्थान

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २६ गते २१:२०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन प्रस्थान

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितको प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ । चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमबार मुख्यमन्त्री आचार्य त्यसतर्फ प्रस्थान गरेका हुन्  । चाइना एयरलाइन्सको ५ः५५ बजेको फ्लाइट मार्फत त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको छ । 

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कात्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको भ्रमणदलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा सहभागी छन् । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ । 

मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई आइतबार बसेको संघीय सरकार मन्त्रीपरिषद् बैठकले अनुमति दिएको थियो । यसअघि कात्तिक २० गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री विदेश रहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो । तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरेका थिए  । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदान–प्रदान गर्ने समझदारी भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise