२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

shivam cement
मध्यान्ह
२०८१ असार ४ गते १५:५२
काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका- ४, तामाघाटमा शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकले शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबारसमेत  शुभारम्भ गरेको छ । यो सहित बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ । 

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ वटा एटीएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

यसैगरी, बैंकका ७१ वटा एक्स्टेन्सन काउण्टर,क्युआर कोड दसेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ग, कनेक्त आईपीएस स्मार्ट क्युर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा छन् ।

ADV

सम्बन्धित खबर

Advertise