२०८१ कार्तिक २९ गते बिहिवार / Nov 14 , 2024 , Thursday
२०८१ कार्तिक २९ गते बिहिवार

कारागारमा लागुऔषधको कारोबार

कारागारमा लागुऔषधको कारोबार

ADV
प्रदिप सिंह
२०८१ कार्तिक २८ गते ०७:४४
कारागारमा लागुऔषधको कारोबार

सिरहा : कारागारलाई गलत कामप्रति पश्चाताप गर्दै सही बाटोमा लाग्न प्रेरित गर्ने थलोको रुपमा ब्याख्या गरिन्छ । तर जेलमा रहेकाहरू सत्ता संघर्षमा समेत संलग्न हुने गरेको पाइन्छ । एक उदाहरण हो– सिरहाको जिल्ला कारागार ।

महाभारतको ताण्डव झैँ गलत कार्य भइरहेको सरोकारवालाहरूबताउँछन् । अपराध सुधारको स्थल कारागार नै अपराधको रंगमञ्च बन्न पुगेको बताइन्छ । जेलको पर्खालभित्र मदिरा, मोबाइल सजिलै पुग्छन् । अझ सत्ता संघर्षको खेलमा जेलमा रहेकाहरू समेत सहभागी हुन्छन् ।

यस्तो कार्यले जेल प्रशासनकै साखमाथि गम्भीर प्रश्न उठाएको छ । जेलभित्र रक्सी पुगिरहेको हुन्छ । जेलभित्र रक्सि पुगेको भिडियो समेत सार्वजनिक हुन्छन् । एक अभियुक्त विजय महतोले भने, ‘यो भिडियो मेरो पालाको होइन । म सह–नाइके हुँदा ल्याइएको रक्सी हुन सक्छ ।’ उनका अनुसार जेलमा पहिले लागुऔषधको होलसेल कारोबार नै चल्थ्यो । रेडबुलको बोतलमा रक्सी जाने गरेको छ । 

जब भिडियो सार्वजनिक भयो, तब प्रहरी प्रशासनले छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको बताएको ट । ‘पहिलो चरणको अनुसन्धान हुँदैछ,’ प्रशासकीय अधिकृत रबिन्द्र महतोले भने, ‘दोषीमाथि कारबाही गर्नेछौं ।’ तर सरोकारवालाहरूका अनुसार कारागारमा देशभरका ब्रान्डेड रक्सी सजिलै पाइन्छ । सरोकारवालाहरू छानबिन समितिले दोषीमाथि कारबाही सिफारिस गर्न सक्नुपर्ने र उक्त सिफारिस कार्यान्वयन हुनुपर्ने बताउँछन् । अन्यथा, प्रहरी प्रशासनको विश्वासनीयतामा गम्भीर घाउ लाग्ने उनीहरुको राय छ । कारागारको अवस्थाबारे संसदीय समितिहरूले समेत अध्ययन गरिरहेका हुन्छन् । ति अध्ययनले पनि कारागारमा लागू औषधको प्रवेशबारे प्रश्न उठाउँदै आएका छन् ।

हालै प्रतिनिधि सभा अन्तर्गत्को कानुन, न्याय तथा मानव अधिकार समितिले देशका बिभिन्न कारागारको स्थलगत अध्ययन गरेको थियो । उक्त अध्ययनले कतिपय अवस्थामा कारागारभित्र हुने असुरक्षा वा झडपको स्थितिको मुख्य कारण लागू औषध हो । संसदीय समितिका अध्ययन प्रतिवेदनहरूका अनुसार कैदीबन्दीले मोबाइलको प्रयोग गरेर लागू औषध मगाउँछन्, र सेटिङमार्फत भित्र पु¥याउँछन् । यसलाई प्रहरीले रोक्न खोज्दा प्रहरीसँग समेत तनाव हुन्छ ।

‘लागू पदार्थ सेवन गर्नेहरुले सादा पोसाकका कर्मचारीलाई निशाना बनाउने गरेको, लागू पदार्थ ल्याउन रोकेको भनेर सुरक्षाकर्मीलाई नै कुटपिट गरेको’ कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनमा छ । उक्त प्रतिवेदनले कतिपय कारागारमा अभिभावकले लागू औषध पु¥याउने गरेको समेत देखाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise