२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

ठगीमा संलग्न दुई जना पक्राउ

Nada
२०८१ कार्तिक २८ गते १८:२३
Shares
ठगीमा संलग्न दुई जना पक्राउ

काठमाडौंः अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रूपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन रहेका छन् । 

अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका–३ मा बोलाई उक्त नगद ठगी गरी फरार भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले  काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्‍यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।    

ताजा खबर

सम्बन्धित खबर