२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता

ADV
मध्यान्ह
२०८१ कार्तिक २८ गते २१:४८
दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता

काठमाडौं : दुई ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता भएको छ । स्टक ब्रोकर्श एशोसिएन र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । उक्त सम्झौता पत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरे । दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालनमा आउने छ । पछिल्लो समय सेयर बजारमा देखिएको विकृति र विसंगतिलाई हटाउँदै बजारको विकाश र विस्तार गर्नका लागि दुई संस्थाहरु एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए । 

‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धु्रविकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो ध्रुवीकरण आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ उनले भने, ‘यसले पक्कै पनि हाम्रो पूँजीबजारलाई र हामी यस बजारका प्रमुख साझेदार धितोपत्र व्यवसायीहरुलाई नयाँ दिशानिर्देश गर्नेछ र यस अवसरले हामीलाई हाम्रो व्यवसायिकता अभिवृद्धि गर्दै हाम्रो हकहित संरक्षणमा एकीकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ साथै अक्सन मार्केट, मार्केट मेकर, सिसिपी लगायतका पूर्वाधारहरुको व्यवस्था गर्नुपर्ने हाम्रो बजारको टड्कारो आवश्यकता रहेको अध्यक्ष ढकालको भनाइ छ । 

सो कार्यका लागि नीतिगत रुपमै ऐन तथा नियमावली एवं विनियमावलीमा व्यवस्था गर्नको लागि एकीकृत भई लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन सकेका छैनौं भने धितोपत्र व्यवसायीहरुको मर्जर कार्यविधि बन्न सकेको छैन,’ उनले भने, ‘मार्जिन लेण्डिङ्ग लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायी साथीहरुले अस्पष्ट नीतिका कारण र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेण्डिङ काम गर्न नसकिरहेको परिस्थिति छ । यी सबै विषयमा अब हामी एक भएपछि संयुक्त रुपमा काम गर्नेछौं ।’ 

उक्त संस्था मर्जरमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वअध्यक्ष सन्तोषराज मैनाली रहेका छन् भने सदस्यहरुमा मदन पौडेल र सुयोग अधिकारी छन् भने धितोपत्र ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यहरु सुमन कुमार मल्ल र सन्दिपबिक्रम राणा रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise