२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक एक सय वटा डेलिभर

Nada
२०८१ कार्तिक २८ गते २१:४९
Shares
फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक एक सय वटा डेलिभर

काठमाडौं : फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारी साधनहरु एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ ।

ncell

नेपालको जटिल भौगोलिक आवश्यकताहरुलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ रेन्जको दिने कम्पनीले जनाएको छ । साथै यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ । 

एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भने, ‘आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं, यो  एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ, नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरुमा उपलब्ध रहेको छ ।’

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ताले भने, ‘फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डका रुपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको ९ लाखभन्दा बढी व्यावसायिक सवारी साधनहरुको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको कम्पनीको दाबी छ । जुन नेपालका लागि निर्माण गरिएको हो । माउन्टेन ईभी १४ देखि १६ सिटसम्मको विभिन्न मोडलहरुमा उपलब्ध छ । 

ताजा खबर

सम्बन्धित खबर