२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

लगानी प्रवर्द्धनमा सघाउने अध्यक्ष ढकालको प्रतिबद्धता

Nada
२०८१ कार्तिक २८ गते २१:५०
Shares
लगानी प्रवर्द्धनमा सघाउने अध्यक्ष ढकालको प्रतिबद्धता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसँग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए । 

ncell

‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कुटनीति विस्तार गर्न हामी यहाँहरु समक्ष आग्रह गछौं,’ उनले भने, ‘यसमा महामहीमज्यूहरुले अग्रसरता लिइदिनुपर्यो ।’ नेपालमा वातावरण वन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरुलाई आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्न आग्रह गरे । यसैगरी अध्यक्ष ढकालले महासंघको अन्तर्राष्ट्रिय संजाललाई पनि नियोगहरुले उपयोग गर्न सक्ने बताए । 

महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरहरुसँग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने उल्लेख गरे ।  छलफलका क्रममा सहभागी नवनियुक्त राजदूतहरुले स्तरोन्नतिबाट न्यून प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताए । यसैगरी निजी क्षेत्रको विश्वास आर्जन हुनसके विदेशी लगानी आकर्षित हुने बताउँदै सहकार्य गरिने बताए । 

ताजा खबर

सम्बन्धित खबर