२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

६१५ नेपाली साउदीका विभिन्न जेलमा

ADV
२०८१ कार्तिक २९ गते ०६:३५
६१५ नेपाली साउदीका विभिन्न जेलमा

काठमाडौं : रोजगारी र राम्रो जीविकोपार्जनका अवसरहरू खोज्दै कडा कानूनी व्यवस्था भएको साउदी अरबमा पुगेका केही नेपाली अवैधरूपमा मदिरा उत्पादन र वितरणमा बद्नाम बनेका छन् । साउदी अरबमा मदिरामाथि कडा प्रतिबन्ध लगाइए पनि केही नेपाली कामदार अवैध मदिरा उत्पादन र नाफाको प्रलोभनले बिक्रीमा संलग्न हुँदा जेल र चर्को जरिवानामा पर्ने गरेका छन् । परम्परागत नेपाली मादक पदार्थसँग उनीहरूको सांस्कृतिक, भावनात्मक सम्बन्ध भएपनि त्यसले उनीहरूलाई नाफा भन्दा बढी नोक्सान गरेको देखिएको छ ।

लामो समयदेखि नेपालीको हकहितका लागि काम गरिरहेको नेपाली साझा मञ्च साउदी अरबका महासचिव राजु केसी जनचेतनाको कमीले अवैध मदिरा उत्पादन, बिक्री तथा सेवनले समस्या पारेको बताउँछन् । उनका अनुसार केही दिनअघिसम्म ६ सय १५ नेपाली अवैध मदिराको कारोबारसम्बन्धी मुद्दामा साउदी जेलमा पुगेका छन् ।

केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै महासचिव केसीले जनचेतनाको कमीले नेपालीहरु साइबर अपराध, उत्पादन र मदिरापान, आत्महत्यालगायतका विभिन्न प्रकारका समस्यामा परेको देखिएको भन्दै समाधानका लागि नेपाल सरकार र साउदी अरेबियास्थित नेपाली दूतावासले जनचेतनामूलक विशेष कार्यक्रम नै सञ्चालन गर्न जरुरी रहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise