२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

समृद्धि फाइनान्सको गैर शाखाले मनायो वार्षिकोत्सव

ADV
मध्यान्ह
२०८१ असार ४ गते २१:०४
समृद्धि फाइनान्सको गैर शाखाले मनायो वार्षिकोत्सव

काठमाडौं : समृद्धि फाइनान्स शाखा कार्यालय गैर, सर्लाहीले आफनो पहिलो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गर्‍यो । शाखाले स्थापनाकालदेखि हालसम्म १६ सय ग्राहकलाई आवद्ध गर्दै सात करोड ६६ लाख बचत संकलन र १ करोड ५० लाख लगानी गरेको शाखाका शाखा प्रमुख रामहरी निरौलाले जानकारी दिए । 

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले  वार्षिकोत्सवको अवसरमा कविलासि नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु, बुद्विजिवी, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुले फाइनान्सको उक्तरोक्त प्रगतिको शुभकामना व्यक्त गरे । यस्तै शाखाले आगामी दिनहरुमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानी बढाउने र बैंकिङ सेवालाई थप शसक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise