२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

shivam cement
२०८१ कार्तिक २९ गते १६:५४
Shares
चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

भक्तपुरः मध्यपुर ठिमी नगरपालिका–२ बस्ने कृष्ण बहादुर कार्कीको कोठाबाट सुन, चाँदीको गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा शैलुङ गाउँपालिका–५ बस्ने ३४ वर्षीय नविन भन्ने रवि कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

कृष्ण बहादुरको कोठाबाट कात्तिक १३ गते सुन, चाँदीको गरगहना तथा नगदसहित करिब २ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न रविलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो ।

उनी उपर चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ताजा खबर

सम्बन्धित खबर