२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

ADV
मध्यान्ह
२०८१ असार ४ गते २१:०६
एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

काठमाडौं : एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ । तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? ग्राहकहरुको आफूले रोजेको नम्बर लिने इच्छालाई परिपूर्ति गर्न एनसेलले सो योजना ल्याएको हो । सो योजनासँगै अब ग्राहकले तपाईंले आफूलाई मन पर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सक्छन् । 

सो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुने एनसेलले जनाएको छ । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर  ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भएन भएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्ने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise