२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

जेके टायरका दुई उत्पादन अब नेपालमा

ADV
मध्यान्ह
२०८१ असार ४ गते २१:०९
जेके टायरका दुई उत्पादन अब नेपालमा

काठमाडौं : भारतको टायर उद्योग कम्पनी जेके टायर इन्डियाले नेपाली बजारका लागि अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ उत्पादन थप गरेको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको हो । जेके टायर इन्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एन्ड कन्स्ट्रक्सन प्याभिलियनमा ती टायर सार्वजनिक गरे ।

नेपाली सडकमा दुई नयाँ हेभी ड्युटी ओटीआर टायर उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्दै जेके टायर एन्ड इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष अनुज कथुरियाले भने, ‘नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र नेपाली ग्राहकको विभिन्न चाहनालाई परिपूर्ति गर्ने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौं । यी नयाँ टायरले असाधारण स्थायित्व र विश्वसनियता प्रदान गर्छन् ।’ नेपाली बजार मागलाई नै विशेष किसिमले ध्यानमा राखेर यी टायरको डिजाइन गरिएको  कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise