२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेशनल लाइफद्वारा कर्मचारीलाई स्वास्थ्य तालिम प्रदान

ADV
मध्यान्ह
२०८१ असार ४ गते २१:१२
नेशनल लाइफद्वारा कर्मचारीलाई स्वास्थ्य तालिम प्रदान

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तुलित जीवन सम्बन्धी तालिम प्रदान गरेको छ । कम्पनीले स्वस्थ्य र सन्तुलित जीवन प्रवद्र्धन गर्ने प्रयोजनले एक बहू–आयामिक प्रशिक्षण प्रदान गरेको हो ।

सो प्रशिक्षणबाट कर्मचारीहरुको व्यक्तिगत एवम् व्यावसायिक विकास हुने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ । विविध पक्षलाई समेटेर तयार गरिएको सो प्रशिक्षणबाट व्यक्ति र संस्था दुबैको व्यवासायिकतामा वृद्धि हुने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम. प्रधानले गरेकी थिइन् । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय  कर्पोरेट प्रशिक्षक हुन्, जसको बैंकिङ क्षेत्रमा उच्च व्यावसायिक पृष्ठभूमि रहेको छ । कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise