२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

नक्कली नोटसहित चार जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ कार्तिक ३० गते १४:४२
नक्कली नोटसहित चार जना पक्राउ

दाङः तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका–१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका–८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका–९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका–४ घर भइ तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise