२०८१ मंसिर २ गते आइतवार / Nov 17 , 2024 , Sunday
२०८१ मंसिर २ गते आइतवार

भिजिट भिसामा दुबई पुगेका तीन दर्जन नेपाली संगठित अपराध मुद्दा खेप्दै

ADV
मध्यान्ह
२०८१ कार्तिक ३० गते १६:०९
भिजिट भिसामा दुबई पुगेका तीन दर्जन नेपाली संगठित अपराध मुद्दा खेप्दै

काठमाडौं : भिजिट भिसाको प्रलोभनमा परेर दुबई पुगेका तीन दर्जन नेपाली युवायुवती चिनियाँ गिरोहको पञ्जामा परेर अभौतिक मुद्राको प्रयोग र संगठित अपराध मुद्दा खेपिरहेका छन् । 

आकर्षक तलव र सुविधाको सपनामा भिजिट भिसा प्रयोग गरेर विभिन्न समयमा युएई गएका रोजगार आकांक्षी नेपाली  युवायुवतीलाई अनलाइनमार्फत भारतीयसहित विभिन्न देशका नागरिकलाई क्रिप्टोकरेन्सीको प्रलोभनमा पारी ठगी गर्ने चिनियाँ गिरोहले काममा लगाएर फसाएको खुलेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ गिरोहलाई हजारौं रकम बुझाएर भिजिट भिसामा दुबई पुगेका नेपालीहरू रोजगारी खोज्दै जाँदा चिनियाँ गिरोहले सम्पर्कमा राखेर काम लगाएको देखिएको छ ।

नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको जावलाखेल स्थित जगदीश उपाध्यायको घरमा सञ्चालन गरेको अवैध कल सेन्टरमा छापा मार्दा भिजिट भिसामा युएई पुगेर नेपाल फर्काइएका युवायुवतीसहित ५० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका वडा नं. – १३, ईलामका सन्दिप आचार्य,  ईटहरी उ.म.न.पा. वडा नं. – २, सुनसरीका बिजय बहादुर गिरी, लिखु गाउँपालिका वडा नं. – ५ , ओखलढुङाका सुशिल सुनुवार, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. – १, सिन्धुपाल्चोकी सबिता श्रेष्ठ, म्याग्दे गाउँपालिका वडा नं. – ४, तनहुँका करण नौवागे, रामेछाप नगरपालिका वडा नं. – १, रामेछापका सिताराम भण्डारी, भरतपुर महानगरपालिका वडा नं. – १० चितवनका  सचिन थापा रहेका छन् ।

त्यसैगरी उक्त घटनाका सुनिता धिमाल  दमक नगरपालिका वडा नं. – ४, झापा, सुरेश शाह ठकुरी  निलकण्ठ नगरपालिका वडा नं. – ३ , धादिङ, मिलन सारु मगर निलकण्ठ नगरपालिका वडा नं. – ६, धादिङ, सुजन प्रधान कमल गाउँपालिका वडा नं. – ३, झापा, सुदिप तामाङ  सूर्यविनायक नगरपालिका वडा नं. – ७ , भक्तपुर पनि पक्राउ परेका छन्  ।

पक्राउ परेका अन्यमा कमल कडेल चन्द्रपुर नगरपालिका वडा नं. – ८ , रौतहट, प्रल्हाद पोखरेल, टोखा नगरपालिका वडा नं. – ६ , काठमाडौं, प्रदिप बहादुर भण्डारी, रामेछाप नगरपालिका वडा नं. – १, रामेछाप, टिकाराम बस्नेत, तुल्सीपुर उपमहानगरपालिका वडा नं. – ११, दाङ, अरमान खान राजबिराज नगरपालिका वडा नं.  – २,सप्तरी, दुर्गा शर्मा  भरतपुर महानगरपालिका वडा नं. – १६ , चितवन, सोनी परियार  पोखरा महानगरपालिका वडा नं. – २८, कास्की,  सुनित परियार  लहान नगरपालिका वडा नं. – १०, सिराहा रहेका छन् । राजिब राज महत्तो सुखीपुर नगरपालिका वडा नं. – ३ , सिराहा, बिनोद रानामगर  धनगढीमाई नगरपालिका वडा नं. – २, सिराहा, बिजय चौधरी  सियारी गाउँपालिका वडा नं.– २, रुपन्देही, सुजन गौतम  रंगेली नगरपालिका वडा नं. – ९ , मोरङ, प्रज्ञा घिमिरे  मेचीनगर नगरपालिका वडा नं. – १२  झापा, रोशन लुईटेल कानेपोखरी गाउँपालिका वडा नं. – ५, मोरङ, नजात आलम  बाह्रदशी गाउँपालिका वडा नं. – ४, झापासहित पक्राउ पर्ने अन्यमा सुदिप अधिकारी  वर्दघाट नगरपालिका वडा नं. – १३, नवलपरासी, दिपेन्द्र तिवारी  कमल गाउँपालिका वडा नं. – ५, झापा, मनोज लामा  ज्वालामुखी गाउँपालिका वडा नं. – ५, धादिङ, बबिन राना मगर  वेलबारी नगरपालिका वडा नं.– ३, मोरङ, विवेक श्रेष्ठ दमक नगरपालिका वडा नं.– ५, झापा र लक्की नेपाली देवचुली नगरपालिका नवलपरासी रहेका छन् । 

प्रहरीले चिनियाँ नागरिक डिङ जिहोङ, लिन क्वीनजिङ, फिलिपिन्सकी महिला हानिपा सिन्सुएतलाई पनि पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले भिजिट भिसामा दुबई गएर कामको खोजीमा रहेका नेपाली  युवायुवतीलाई चिनियाँ गिरोहले कल सेन्टरको ठगी धन्दामा लगाउने गरेका देखिएको बताएका छन् । 

चिनियाँ गिरोहले करिब एक अर्ब रूपैयाँको हाराहारीमा क्रिप्टो करेन्सीको कारोबार गरेको प्रहरीको दावी छ ।

प्रहरीले चिनियाँ गिरोहको योजनामा ठगीको अन्तरदेशीय सञ्जाल बनाइ क्रिप्टोकरेन्सीको कारोबार गरेको बताएको छ । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैधानिक छ । चिनियाँहरूले नेपालीलाई टाइप गर्न र ठगी योजनाको  स्क्रिप्ट पढ्ने काममा लगाएको हाल हिरासतमा रहेका इलामका सन्दिप आचार्य बताएका छन् । 

युएईमा अवैध क्रिप्टो कारोबाररो आरोपमा गत मे मा चिनियाँसहित करिब एक सय नेपालीलाई देश निकाला गरेको थियो । 

तीनै चिनियाँहरू नेपाल आइ नेपाल फर्काइएका नेपाली युवायुवतीलाई प्रयोग गरेर अवैध कल सेन्टर सञ्चालन गरेको  प्रहरीले बताएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासमा सुनुवाई भइरहेको मुद्दा बिहीबार हेर्दाहेर्दैमा रहेको छ ।

चिनियाँ गिरोहले गरेको यो धन्दाले भिजिट भिसामार्फत वैदेशिक रोजÞगारमा जानु घातक छ भन्ने नेपाल सरकार, वैदेशिक रोजÞगार व्यवसायी र कतिपय गैरआवासीय नेपालीको भनाइलाई पुनरपुष्टी गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise