२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

कर्जा प्रवाह नबढ्दा निरन्तर घट्दै बैंकको ब्याजदर

ADV
मध्यान्ह
२०८१ कार्तिक ३० गते २१:३४
कर्जा प्रवाह नबढ्दा निरन्तर घट्दै बैंकको ब्याजदर

काठमाडौं : वाणिज्य बैंकहरुले मंसिर महिना पनि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि कात्तिकको तुलनामा ब्याजदर घटाएका हुन् । ८ वटा बैंकले स्थिर र राष्ट्रिय वाणिज्य बैंकले थोरै बढाएको छ । कात्तिक महिनामा बैंकहरुले औसत ६.१८ प्रतिशत ब्याज दिएका थिए भने मंसिरमा ०.२१ प्रतिशतले घटाएका छन् । 

मंसिर महिनामामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.९७ प्रतिशत ब्याजदर दिने भएका छन् । नेपाल बैंक, सिद्धार्थ, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, प्रभु, सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकहरुले भने मंसिर महिनामा पनि कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

यस्तै मंसिर महिनामा कृषि विकास, माछापुच्छ्रे, लक्ष्मी सनराइज, नबिल, एनएमबि, ग्लोबल आइएमई, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एशिया, सिटिजन्स र कुमारी बैंकले ब्याजदर घटाएका छन् । औसतमा हेर्दा १ महिनामा २० बैंकहरुको औसत ब्याजदर ०.२१ प्रतिशत बिन्दुले घटेको हो । 

वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढ्न नसक्दा पछिल्लो एक वर्षमा हरेक महिना नै बैंकहरुले लगातार नै ब्याजदर घटाइरहेका छन् । बैकिङ प्रणालीमा अधिक तरलताको कारण समेत बैंकहरु व्याजदर घटाइरहेका छन् । व्याजदर निरन्तर घट्दा समेत कर्जा प्रवाह बढ्न सकेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise