२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८१ मंसिर १ गते ११:१०
Shares
अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ

काठमाडौंः अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गरेको अभियोगमा नवलपरासी पश्चिम प्रतापुर गाउँपालिका–७ बस्ने २४ वर्षीय अमन प्रताप हरिजनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहयोगमा उनलाई नवलपरासीबाट पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित खबर