२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राष्ट्रिय कर दिवस : सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम, व्यक्ति राजबहादुर शाह

Nada
२०८१ मंसिर १ गते ११:३५
Shares
राष्ट्रिय कर दिवस : सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम, व्यक्ति राजबहादुर शाह

काठमाडौँ : सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरेको हो ।

ncell

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ ।

वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतञ्जलि आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ ।

स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । 

गत आर्थिक वर्षमा रु ५० करोड देखि रू एक अर्बसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफर्मर कारोबार गर्ने कम्पनीमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् । 

विसं. २०७५ साउन देखि २०८१ असार मसान्त सम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रूपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरेको छ ।

वार्षिक रु ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राइजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेबापत वरुण बेभरेजलाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरू पनि सम्मानित भएका छन् ।

यी हुन् यस वर्षका उत्कृष्ट करदाताहरू

सबैभन्दा धेरै आयकर तिर्ने : नेपाल टेलिकम

एकलौटी फर्मतर्फ : श्रुति ट्रेडर्स

निर्यात : डाबर नेपाल

सूचना प्रविधि निर्यात : कोडावतार टेक प्रालि

कृषि तथा पशुपंक्षीजन्य उद्योग : पतञ्जलि आयुर्वेद

बैंक तथा वित्तीय संस्था : नबिल बैंक

स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ : लुम्बिनी मेडिकल कलेज 

पर्यटन व्यवसाय : तारागाउँ रिजेन्सी होटल

वस्तु व्यापार : भाटभटेनी सुपर मार्केट

५० करोडदेखि १ अर्बसम्मको कारोबारमा बढी कर तिर्ने : सीडीएस एन्ड क्लियरिङ 

ऊर्जा : भोटेकोसी पावर कम्पनी

रेमिटेन्स तथा मनि ट्रान्सफर : सिटी एक्सप्रेस मनि ट्रान्सफर 

व्यक्तिगत आयकर : राजबहादुर शाह

मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमित : होङ्सी सिमेन्ट

५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने : सोल्टी इन्टरप्राइजेज 

विशेष उद्योग : वरुण वेभरेज

ताजा खबर

सम्बन्धित खबर