२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

अनलाइन प्रविधिबाट ठगी गर्ने गिरोह सक्रिय

ADV
छबि सापकोटा
२०८१ मंसिर २ गते २१:५६
अनलाइन प्रविधिबाट ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं : नेपालमा साइबर प्रविधिमा ठगि गर्नेको संख्या ह्बात्तै बढेको छ । अनलाइन प्रविधिबाट हुने ठगी गर्ने गिरोह सक्रिय हुँदै गएको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ को साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) प्रतिवेदन नेपालमा वित्तीय ठगिमा साईवरसँग सम्बन्धित घटना बढेको देखाएको हो । नेपालमा ६४ प्रतिशत साइबर ठगिसँग सम्बन्धीत छ भने ३६ प्रतिशत अन्य ठगी हुने गरेको साइबर इनेबल्ड फ्रड प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनमा साइवर ठगी कारोबारमा १८ देखि २४ वर्ष उमेर समूहका व्यक्ति ४९ प्रतिशत रहेका छन् । यस्तै २५ देखि ३० वर्षका २१ प्रतिशत,  ३१ देखि ३६ वर्षका  १६ प्रतिशत,  ३६ वर्षमाथिमा १४ प्रतिशत व्यक्ति साईवर अपराधमा संलग्न भएको देखिएको हो ।

प्रतिवेदअनुसार साइबर अपराधमा विद्यार्थीको संलग्नता धेरै भएको देखिएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा उपहार तथा तथा पार्सल ठगी, सामाजिक सञ्जालका माध्यामबाट हुने ठगी, अनलाईन व्यापार, ओटिपी फ्रड, लट्री प¥यो लगायतका तरिकाको साइबर ठगी हुने गरेको छ । 

यस्तै, साईवर ठगीमा सबैभन्दा गिफ्ट पार्सलमा सम्बधी २१ प्रतिशत, सामाजिक सन्जालबाट ठगी गर्ने १५ प्रतिशत, अनलाईन व्यापारको  नाममा १३ प्रतिशत,  ओटीपीबाट ९ प्रतिशत, बैक र वालेटबाट ७ प्रतिशत, लोटरी पर्‍यो भनेर ठगी गर्ने ७ प्रतिशत र अन्यमा १३ प्रतिशत साइवर ठगी भएको राष्ट्र बैंकको प्रतिवेदनमा छ । 

अधिकांश शंकास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शंकास्पद कारोबार गर्नेको संख्या ४९ प्रतिशत रहेको छ ।  प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानून कार्यान्वयन गर्ने निकाय अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा परेका उजुरीहरूबाट साईवर अपराध बढेको देखिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise