२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

रुसबाट ३४ जना नेपाली डिपोर्ट

ADV
मध्यान्ह
२०८१ मंसिर ३ गते ०६:३०
रुसबाट ३४ जना नेपाली डिपोर्ट

काठमाडौं : एक रुसी अदालतले इजाजतबिना काम गरेको आरोपमा करिब ३ दर्जन नेपाली विद्यार्थीलाई देश निकालाको आदेश दिएको छ । मस्कोको कुजमिन्किसमा रहेकोे एक जुवा खेलाउने कम्पनी वान एक्स बेटबाट पक्राउ परेका ३४ जना नेपाली वर्क पर्मिट नभई विद्यार्थी भिसामा रहेकोे पाइएपछि देश निकालामा परेका हुन् ।

उनीहरूलाई राजधानी मस्कोबाट ६० किलोमिटर टाढा पर्ने शाखा रवाहस्थित डिपोर्टटेसन सेन्टरमा राखिएको बताइएको छ । देश निकालामा परेका विदेशीलाई रुसले कम्तीमा ५ वर्षसम्म ब्ल्याक लिस्ट गरी रुस प्रवेशमा प्रतिबन्ध लगाउने गरिएको छ ।

रुसी सेनामा हालसम्म ४३ जना नेपालीको ज्यान गएको औपचारिक रूपमा सार्वजनिक भएको छ भने युरोपेली मुलुकमा पठाउने भन्दै रुसलाई ट्रान्जिट बनाएर ठूलो संख्यामा नेपाली युवायुवतीलाई पुर्‍याउने गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise