२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

shivam cement
मध्यान्ह
२०८१ मंसिर ३ गते १५:३२
लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

काठमाडौं : नेपालकै प्रमुख तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ । १५औं वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमले आफ्नो अतुलनीय समर्पण र लगनशीलता यस सहकार्यमार्फत ल्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

लिट्मस केबल्सले नेपाली फिटनेस तथा बडीबिल्डिङको क्षेत्रलाई नयाँ उचाइ प्रदान गर्ने सनमसँग सहकार्य गर्दै सम्पूर्ण नेपालीलाई व्यक्तिगत विकास र सबल तथा उज्यालो नेपाल निर्माणमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ । यो सहकार्य दृढता र प्रगतिको लागि समर्पित दुई शक्तिहरूको एकता पनि भएको कम्पनीले उल्लेख गरेको छ ।

सहकार्यबारे बोल्दै लिट्मस इन्डस्ट्रिजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले भनिन्, “सनमको अटल समर्पणजस्तै हामीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको आधार निर्माण गरेका छन् र तिनलाई प्रमाणित पनि गरेका छन् । उहाँको अद्भुत यात्रा र परिचय दृढता, अनुशासन, लगन र निरन्तर मेहनतको सशक्त उदाहरण हो- लिट्मसलाई परिभाषित गर्ने मूल्य मान्यताहरू पनि यिनै विशेष गुण हुन् ।”

आफ्ना उपलब्धिहरूबाट धेरैलाई प्रेरित गर्दै आइरहेकी सनमले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “लिट्मस इन्डस्ट्रिजसँग सहकार्य गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । यो सहकार्यले मलाई विश्वास दिलाउँछ कि बल, विश्वास र दृढताको साथ, हामी ठूला उपलब्धिहरू हासिल गर्न सक्छौं । म अझ धेरैलाई ठूलो सपना देख्न र आफ्नो क्षमतामा विश्वास गर्न प्रेरित गर्न उत्सुक छु, जसरी लिट्मस केबल्सले नेपालको विद्युतीकरण र विकासलाई ऊर्जा प्रदान गरिरहेको छ ।”

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise