२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जापानमा रहेको ओबीजीआईको शाखा काठमाडौंको केएल टावरमा

Nada
२०८१ मंसिर ३ गते २१:४३
Shares
जापानमा रहेको ओबीजीआईको शाखा काठमाडौंको केएल टावरमा

काठमाडौं : जापानमा मुख्य कार्यालय रहेको ओबीजीआई कन्सल्टेन्सीले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थी र कामका लागि दक्षिण कोरिया जान चाहने नेपालीहरुलाई लक्षित गर्दै ओबीजीआईले काठमाडौंको चाबहिलस्थित केएल टावरबाट सेवा शुुरू गरेको हो । 

ncell

पूर्व संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री गणेशकुमार पहाडीले ओबिजीआईको कार्यालयको सुरुवात गरेका हुन । ओबीजीआई एजुकेसन कन्सलटेन्सीले नेपालमा भाषा कक्षाको संचालन गरी जापान जान चाहने विद्यार्थीहरूको लागि अनुभवी प्रशिक्षकहरूबाट अध्ययन गराउने गरेको छ । 

यस्तै कोरिया जान चाहने नेपालीहरूका लागि समेत स्तरीय भाषा कक्षा प्रदान गरेर कामका लागि दक्ष बनाउने बताएको छ । ओबीजीआईकी प्रवन्ध निर्देशक मनिषा मैनालीले ओबीजीआईको अनुभवी टिममार्फत् आधुनिक किसिमको तालिम समेत प्रदान गरिने भएकाले आफ्नो सेवा फरक रहने जानकारी दिइन् । उनले जापान र कोरिया सम्बन्धी प्रशिक्षण दिएर जापान र कोरिया जान सहज हुने गरी सेवा दिइने बताइन् । आफ्नो कन्सल्टेन्सीमार्फत् जापान जान चाहने विद्यार्थी र अभिभावकबिच पनि अन्तर्किया गर्ने र अभिभावकलाई समेत ढुक्क बन्ने वातावरण बनाइने उनले जानकारी दिइन् । 

उनका अनुसार ओबीजीआईले विद्यार्थीरूकै चाहना अनुसार जीरो लेभलबाट जापान र कोरिया सम्बन्धी प्रशिक्षण तथा नेपालमा गर्नुपर्ने तयारी तथा जापान पुगेर गर्नुपर्ने आधारभूत आवश्यक तयारीका बारे जानकारी समेत पाउन सकिन्छ । 

यसैगरी अहिलेसम्म जापान पुगेका विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरी जापानमा पनि वर्किंङ भिषासम्मको सहयोग गर्ने तथा जापान बसाईलाई सहज बनाउने काम ओबीजीआई एजुकेसन कन्सलटेन्सी गर्ने  सन्चालक तथा ओबीजीआई ग्रुपका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए । विगत लामो समयदेखि जापानमा नै व्यवसाय गर्दै आएका घिमिरेले जापानमा ओबीजीआईसँगै होटल व्यवसाय तथा मोबाईल व्यवसायसमेत सन्चालन गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर