२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

चालू आर्थिक वर्षको तीन महिनामा भित्रियो ४ खर्ब बढी रेमिट्यान्स

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते १४:२७
चालू आर्थिक वर्षको तीन महिनामा भित्रियो ४ खर्ब बढी रेमिट्यान्स

काठमाडौंः चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भइ ४ खर्ब ७ अर्ब ३१ करोड पुगेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको  राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, तीन महिनामा उपभोक्ता मुद्रास्फीति भने घटेको छ । विवरण अनुसार असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको विवरणमा उल्लेख छ ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६ प्रतिशत, मधेश प्रदेशको ५.०८ प्रतिशत, बागमती प्रदेशको ४.२४ प्रतिशत, गण्डकी प्रदेशको ३.९८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.४२ प्रतिशत, कर्णाली प्रदेशको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

असोजसम्ममा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भने ४.५० प्रतिशत, तराईको ५.२३ प्रतिशत, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको विवरणले देखाउँछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise