२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह

Nada
२०८१ मंसिर ४ गते २१:१६
Shares
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले नेपाल भारत व्यापार सजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको हो ।

ncell

चेम्बरका अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगिकार गरेपनि व्यवहारिक लाभ प्राप्त गर्न नसकेको बताए । भारतबाट हुने आयातमा खासै समस्या नरहेपनि निर्यातका क्रममा भन्सारमा सहजीकरण हुन नसकेको अध्यक्ष अग्रवालको भनाइ छ । पर्यटन आर्कषण र लगानी मार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न समेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ । 

चेम्बरका अध्यक्ष अग्रवालले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए । व्यापार सहजीकरणका लागि रेलवे ट्रान्सपोर्टेसनमा सहजीकरण, भन्सारमा अन्तराष्ट्रियस्तरको क्वारेन्टीन ल्याव राख्नका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले नवनियुक्त राजदूत शर्मासमक्ष आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता –निर्यात हुने वस्तुहरूको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष अग्रवालले राजदूत शर्माको ध्यानकर्षण गराएको हुन् । 

राजदूत शर्मासँग अध्यक्ष अग्रवालले भने, ‘भारतमा दीर्घकालीन व्यापारिक लाभ प्राप्त गर्नेगरी निर्यात सहजीकरण गरिनुपर्दछ, रेलवे तथा वाटरवेको प्रभावकारी सञ्चालनका लागि पहल कदमी गरिनुपर्दछ ।’ नेपाली सामान बोकेका कन्टेनरहरू लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजिकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका हुन् । राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टीन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफूले पहल गर्ने राजदूत शर्माको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर