२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

डिजिटलाइजेशन बन्यो धार्केको धर्मकाटा

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते २१:१८
डिजिटलाइजेशन बन्यो धार्केको धर्मकाटा

काठमाडौं : धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशन बनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा एक कार्यक्रमका बीच धार्केको धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ सुरुवात गरेका हुन् ।

मन्त्री दाहालले शुभारम्भ कार्यक्रममा डिजिटल धर्मकाटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । साथै, यस कदमले व्यवसायीलाई समेत जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने बताए । 

नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघले जनाएको छ । धर्मकाटालाई डिजिटल बनाउने उदेश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र ट्रक व्यवसायलाई थप व्यवस्थित बनाउने महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले बताए । उनले डिजिटलाइजेशनले धर्मकाटाको सञ्चालनलाई पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने बताए ।

देशभरका धर्मकाटालाई डिजिटल बनाउने तयारी रहेको महासंघले जनाएको छ । हाल देशभर २१ वटा तौल पुल (धर्मकाटा) संचालनमा छन् । महासंघका देशभरका सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया शुरु गर्ने समेत जनाएको छ । डिजिटलाइजेशनपछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise