काठमाडौं : सानिमा बैंक नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सानिमा बैंकको २०औं वार्षिक साधारणसभाले साधारणसभाले हालको चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
मंगलबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो । आर्थिक बर्ष २०८०/८१ मा २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।