२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

युनिसेफद्वारा बाढीपहिरो पीडितलाई सहयोग

ADV
मध्यान्ह
२०८१ मंसिर ५ गते ११:१७
युनिसेफद्वारा बाढीपहिरो पीडितलाई सहयोग

काभ्रेपलाञ्चोकः संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरो पीडितलाई सहयोग गरेको छ । 

पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई १ करोड ५० लाख ४० हजार पाँच सय मंगलबार हस्तान्तरण गरेको हो । सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान गरे । उक्त वडाका ५९ परिवारले सहायता रकम पाएका छन् । 

नगरमा चार सय ५३ प्रतिपरिवारलाई १५ हजार तथा ३९२ परिवारलाई रु २० हजार सहायता रकम प्रदान गरिनेछ । अकुङ्गाले विपद्बाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएकाले सहायता रकम प्रदान गरिएको बताए ।  

सो संस्थाले निकट भविष्यमा मण्डनदेउपुर नगरका बाढीपहिरो पीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ । युनिसेफले यसअघि बेथानचोक गाउँपालिकाका दुई वडाका दुई सय ६९ परिवारलाई आर्थिक सहयोग गरेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise