२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

५ सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग

ADV
मध्यान्ह
२०८१ असार ५ गते १५:०७
५ सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग

काठमाडौँ।  नेपाली कांग्रेसका सांसद धनराज गुरुङले ५ सय र हजारका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले सरकारसँग यस्तो माग गरेका हुन् ।

उनले ती नोटहरू प्रतिबन्ध गरेमा मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रूपमा राखिएका धनराशि पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।

सांसद गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए । 


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise