२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

युनिभर्सल ट्राभलको हदैसम्मको बदमासी, कोरिया उड्न पाएनन् १४ सय कामदार

ADV
२०८१ मंसिर ७ गते ०६:२५
युनिभर्सल ट्राभलको हदैसम्मको बदमासी, कोरिया उड्न पाएनन् १४ सय कामदार

काठमाडौं : युनिभर्सल टुर्स एन्ड ट्राभल्सले हवाई टिकट उपलब्ध नगराएपछि सम्पूर्ण प्रक्रिया पूरा गरेका करिब १४ सय नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया उड्न पाएका छैनन् ।  रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत रोजगारीका लागि भिसा लागेका नेपाली कामदारको हवाई टिकटको ठेक्का कोरियन एयरको नेपाली एजेन्ट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रा. लि.ले पाएको छ ।

युनिभर्सल टुर्स एन्ड ट्राभल्स आफूसँगको सम्झौता नवीकरण हुनुपर्ने भन्दै लविङमा रहेका बेला वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले आगामी २० मंसिरसम्म नयाँ टेन्डरको सूचना निकालेको छ । त्यसपछि उक्त ट्रभलले  विभिन्न बहाना बनाएर टिकट रोकेको बताइएको छ । 

इपीएसमार्फत रोजगारीका लागि  कोरिया जाने नेपाली  कोरियन एयरमार्फत लैजाने गरिएको छ । त्यसका लागि एकतर्फी यात्राका लागि करिब १ लाख २० हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । शाखाले आह्वान गरेको नयाँ बोलपत्रमा युनिभर्सलबाहेक अन्य कम्पनीको प्रस्ताव स्वीकृत भएमा हालको भाडा घट्ने अपेक्षा गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise