२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

नेपालमा ओमानी रियालको कारोबार गर्न पाइने

ADV
२०८१ मंसिर ७ गते ०६:३५
नेपालमा ओमानी रियालको कारोबार गर्न पाइने

काठमाडौं : नेपालमा ओमानी रियालको अन्य विदेशी मुद्रा जस्तै कारोबार गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई पनि परिवत्र्य विदेशी मुद्रा तोकिएको जनाएको छ ।

विदेशी विनिमय ऐनअनुसार ओमानी रियाललाई परिवत्र्य विदेशी मुद्रा तोकिएको भन्दै राष्ट्र बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त संस्थाहरूबाट उक्त रियाल सटही गर्न सकिने जनाएको छ । हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्राहरू परिवत्र्य विदेशी मुद्राको हैसियतले कारोबारमा रहेका छन् ।

राष्ट्र बैकले ओमानी रियाललाई अन्य २० देशका मुद्रासँगै सटही हुने सूचीमा राखे पनि कायम गरिएको खरिद तथा विक्री दर राखेको छैन । १ ओमानी रियालको ३५१ दशमलव ०६ नेपाली रुपैयाँ कायम हुने छ । खाडी मुलुक ओमानमा वार्षिक ६ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise