२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

लागुऔषध दुर्व्यसनी रोक्न विद्यालयमा जनचेतना फैलाउँदै प्रहरी

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ९ गते २१:११
लागुऔषध दुर्व्यसनी रोक्न विद्यालयमा जनचेतना फैलाउँदै प्रहरी

अर्घाखाँची : पछिल्लो समयमा अर्घाखाँचीमा लागुऔषधको सेवन तथा ओसारपसार बढ्दै र महिला  हिंसाका घटना बढ्दै गएपछि नेपाल प्रहरीले विद्यार्थीलाई कुलतबाट जोगाउन  विद्यालयमै पुगेर सचेत गराउन थालेको छ । अर्घाखाँचीका धेरै ठाउँमा सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रहरीले शितगंगा नगरपालिका वडा नम्बर १० हर्रेमा रहेको जनजागृति माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनी महिला हिंसा रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मल्लले  विद्यार्थी र युवालाई लागुऔषधको दुर्व्यसनका बारेमा सेचत गर्न अतिआवश्यक ठानेर सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो जनचेतना मूलक अभियान विद्यालयमा समेत चलाइएको बताए । उनले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागुऔषधबाट हुने हानी र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सञ्चालन गरिएको ‘लागुऔषध दुर्व्यसन रोकथाम सम्बन्धी जनचेतना मूलक कार्यक्रम’ तथा महिला हिंसा सम्बधि अन्तरक्रिया जनजागृति माध्यमिक विद्यालयमा  सेचतनामूलक प्रशिक्षण दिएको जानकारी दिए । सो कार्यक्रममा सशस्त्र प्रहरी बल ३६ नम्बर गुल्मका गुल्मपति  भिमसेन दास बोहोराले कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रा र शिक्षकहरुलाई लागुऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक पर्चा, पम्लेट पनि वितरण गरेका थिए ।

उनले  विद्यार्थी र युवाले लागुऔषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे ।

कक्षा ६  देखि  १० का २५० जना विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागुऔषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको ईलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक रबिन्द्र चन्दले बताए ।  

प्रहरीले दैनिकजसो लागुऔषध ओसारपसार र बिक्री गर्नेलाई पक्राउ गर्दै आएपछि अवैध रुपमा भित्रिने क्रम  अहिले पूर्ण रुपमा रोकिएको छ । कार्यक्रममा शितगंगा नगरपालिका वडा नम्बर १० अध्यक्ष केशव बेल्वासे लगायतका जनप्रतिनिधिहरु, कर्मचारीहरु, शिक्षकहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।

ADVADV

सम्बन्धित खबर

Advertise