२०८१ चैत ३० गते शनिवार / Apr 12 , 2025 , Saturday
२०८१ चैत ३० गते शनिवार
Ads

कुवेतमा युवती बेच्ने २ पक्राउ

draupadi film
मध्यान्ह
२०८१ मंसिर ९ गते २२:११
कुवेतमा युवती बेच्ने २ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पु¥याएर करिब ४ लाख रुपैयाँमा एक युवतीलाई बेचेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नुवाकोटको तादी गाउँपालिकाकी कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका सुकलाल भनिने माइला लामा तामाङलाई पक्राउ गरेको हो । उनीहरूविरुद्व  फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाइ हुने भन्दै एक युवतीलाई कुवेत पुर्‍याएर ३ लाख ९४ हजार ६६२ रुपैयाँमा बेचेको उजुरी परेको प्रहरीले बताएको छ ।

ती युवतीलाई सेटिङका आधारमा गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई र त्यहाँबाट कुवेत पु¥याई बेचबिखन गरेको आरोप उजुरीमा रहेकोे प्रहरीले बताएको छ ।

ADV

सम्बन्धित खबर

Advertise