लेबनान : लेबनानमा भएको इजरायली हमलामा दर्जनौँ मानिसहरूको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएको हमलामा २९ जनाको मृत्यु भएको छ ।
इजरायली सेनाका अनुसार सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट-टु-सी मिसाइल युनिट र युनिट-४४००-सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय छन् ।
सेनाले यी कमान्ड सेन्टरहरू इजरायल विरुद्ध आतंकवादी आक्रमणको योजना बनाउन, कार्यान्वयन गर्न र दक्षिणी लेबनानमा सक्रिय सैनिकहरू विरुद्धको आतंकवादी गतिविधिको निगरानी गर्न प्रयोग गरिएको जनाएको छ ।
यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या वृद्धि भई २० जना पुष्टि भएको तथा मृतकको सङ्ख्या बढ्न सक्ने रिपोर्ट गरेको छ ।
युद्ध विराम प्रयासका बावजुद इजरायलले हिजबुल्लाह विरुद्ध आफ्नो सैन्य अभियान जारी राख्दा बेरुतमा हवाई आक्रमण भएको हो । सेनाले हमला बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहका स्थानहरूलाई लक्षित गरी गरेको पुष्टि गरेको छ ।
यस अघीनै इजरायली सेनाले नागरिक क्षति कम गर्न ,भवनहरू खाली गर्ने आदेश जारी गरेको थियो । गत आइतबारको हवाई आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको मृत्यु भएपछि मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा वृद्धि भएको सिएनएनले जनाएको छ ।
इजरायली हवाई आक्रमणले पूर्वी लेबनानको बालबेक-हर्मेल क्षेत्रमा पनि प्रहार गरेको छ, जहाँ चार बालबालिका सहित कम्तिमा १३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आक्रमणले लेवनान वपरका क्षेत्रमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् भने टायर सहर लक्षित आक्रमणमा पाँच जनाको मृत्यु तथा १९ जना घाइते भएका थिए ।
सेप्टेम्बरदेखि, इजरायली हवाई आक्रमणले धेरै हिजबुल्लाह कमान्डरहरूको नरसंहार गर्नुका साथै मुख्य पूर्वाधार लक्षित गर्दा दक्षिणी लेबनानमा व्यापक विनाश निम्त्याएको छ । संयुक्त राष्ट्रसंघका अनुसार लेबनानमा द्वन्द्वका कारण तीन हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।