२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अफगानिस्तानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

Nada
२०८१ मंसिर १० गते १५:५७
Shares
अफगानिस्तानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौंः उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु बहाक गाडी खसी दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

ncell

विज्ञप्तिका अनुसार आइतबार राति गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय वासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै  शवहरू निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

स्रोतका अनुसार गत हप्ता मात्र यहि क्षेत्रमा यात्रु बहाक गाडी दुर्घटना हुदाँ महिला तथा बालबालिकासहित आठ जना यात्रुहरूको ज्यान गएको थियो । 
 

सम्बन्धित खबर