२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

यूएईले भिजिट भिसामा गर्‍यो कडाइ

ADV
२०८१ मंसिर ११ गते ०६:२५
यूएईले भिजिट भिसामा गर्‍यो कडाइ

यूएई : यूएईले भिजिट भिसामा आफ्नो मुलुक प्रवेश गर्नेहरूका लागि केही कडाइ सुरु गरेको छ । यसअघि भ्रमणका लागि भिसा लिएर यूएईको अध्यागमनमा हेर्ने कागजात र आर्थिक हैसियत अब भिसाका लागि आवेदन दिनुअघि नै पेस गर्नुपर्ने छ । 

यूएईमा बसाइको प्रमाण प्रस्ट हुने होटल बुकिङ वा आफन्तहरूको बसोबासको ठेगाना, कम्तीमा ३ हजार दिराम र फिर्ती टिकटहरू अनिवार्य गरिएको छ । भिजिट भिसाको सम्भावित दुरुपयोग रोक्न र आवेदकहरूले यूएईमा उनीहरूको बसाइको अवधिमा आफूलाई खर्चका लागि चाहिने रकमको पर्याप्तता सुनिश्चित गर्नका लागि नयाँ व्यवस्था गरिएको खालिज टाइम्सले उल्लेख गरेको छ ।

आइतबारदेखि पर्याप्त विवरण पूरा नगरेकाले भिसा आवेदन अस्वीकार गरिएको सुपरजेट टुर्स एन्ड ट्राभल्सका संस्थापक मसिउद्दिन मोहम्मदले बताएका छन् । नेपालमा पनि यूएईको भिजिट भिसाको दुरुपयोग रोक्ने उपायहरू सुझाउन एक कार्यदलले अध्ययन गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise