२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

ठगी आरोपमा ३ जना पक्राउ

ADV
मध्यान्ह
२०८१ मंसिर ११ गते २१:५९
ठगी आरोपमा ३ जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्कविहीन भएका धनुषाको मिथिला नगरपालिका– ९ का ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका– ७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका– ३ का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् ।

रविनले १ लाख, पदमले ३ र कार्तिकले ७ लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise