२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

'बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्दैन'

ADV
मध्यान्ह
२०८१ असार ६ गते १४:१२
'बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्दैन'

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बजेट तथा योजना लैजान मन्त्री बन्नु नपर्ने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद गैरेले 'बजेट र योजना लैजान मन्त्री नै बन्नुपर्ने हो' ? भनेर सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

‘बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने होइन, सकेसम्म समानुपातिक ढंगले बजेट विनियोजन गरिएको छ, ’प्रधानमन्त्री दाहालले भने । आगामी दिनमा अझै बजेट र योजनाको विनियोजन समानुपातिक ढंगले गर्नमा जोड दिइने बताए ।

वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाहरूबीच दोहोरोपना हुन नदिने नीति लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीयतहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पारेका थिए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise