२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको प्रधानमन्त्रीको गुनासो

ADV
मध्यान्ह
२०८१ असार ६ गते १४:३६
आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको प्रधानमन्त्रीको गुनासो

काठमाडौँ । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि प्रधानमन्त्री प्रचण्डले असन्तुष्ट व्यक्त गर्दै आफ्ना निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको बताएका हुन् । 

‘माननीय मन्त्रीजीहरूले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको (निर्देशिका), प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो, उनले अगाडि भने, ‘भन्दा भन्दै पनि साना आयोजना राखिएको छ ।’ 

जे भएको छ, ठिक भएको छ भन्ने पक्षमा आफू नभएको भन्दै उनले परिमार्जन आवश्यक रहेको बताए । उनले अगाडि भने, ‘प्रयास जारी छ, साना आयोजनाहरू संघले कार्यान्वयन गर्दैन, प्रदेश र स्थानीय तहलाई कार्यान्वयन गर्न दिने व्यवस्था गरिन्छ ।’ उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise