२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्रले २० मंसिरमा प्रदेश भेला गर्ने

ADV
मध्यान्ह
२०८१ मंसिर १५ गते १६:२८
लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्रले २० मंसिरमा प्रदेश भेला गर्ने

बुटवल : लुम्बिनी प्रदेशमा  सत्ता गठबन्धनले प्रदेश भेला गर्ने भएको छ ।

सत्तारुढ एमाले र नेपाली कांग्रेसको प्रदेश स्तरीय संयन्त्रको शनिवार बुटवलमा बसेको बैठकले प्रदेश भेला गर्ने निर्णय गरेको हो । एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको काम, सरकारको आगामी रणनीतिसहितका विषयमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ्ग गरेका थिए ।

एमाले–कांग्रेस संयुक्त सरकारले अघि सारेका काम सहि दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी गराए ।

यस्तै बैठकमा संसदीय क्षेत्रमा भएका कामका बारेमा कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारेका थिए । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिदै सरकारको काम जनताले महशुस हुने गरी गर्न सुझाव दिएका थिए ।

प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू संकलन गर्ने निर्णय गरेको छ । 

यस्तै मंसिर २० गते एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव र एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन । 

एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा कांग्रेसबाट संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री चौधरी, प्रदेश सभापति  अमरसिंह पुन। कांग्रेस लुम्बिनीका सहमहामन्त्री विष्णु खनाल मुस्कान सहभागी थिए । यस्तै, एमालेबाट प्रदेश इञ्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise