२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

नलगाडमा उपनिर्वाचन : १६ मतदान स्थल र २४ मतदान केन्द्र

ADV
कुलेन्द्र शाही
२०८१ मंसिर १५ गते २०:२२
नलगाडमा उपनिर्वाचन : १६ मतदान स्थल र २४ मतदान केन्द्र

सुर्खेत : जाजरकोट नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदान अधिकृत, कर्मचारी खटाउने, मतदान केन्द्रमा मतपेटिका, मतपत्र पु¥याउने काम सकिएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए ।

उनका अनुसार यहाँ सुरक्षाको व्यवस्था कडा पारिएको छ । नलगाडमा १६ हजार ४ सय ४९ जना मतदाताले मतदान गर्ने अधिकृत घिमिरेले बताए । १६ मतदान स्थल र २४ मतदान केन्द्र तोकिएको छ । 

यहाँ उपप्रमुखका लागि ६ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन रहेका छन् । 

२०७९ मा कांग्रेस–माओवादीबीच गठबन्धन भएको थियो । उक्त गठबन्धनको भागवण्डाअनुसार नगर प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसको भाग परेको थियो । कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी एमालेका सुनिता बोहोरालाई हराएकी थिइन् । सिंहको २०८० कात्ति १७ गते जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परेर निधन भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise