२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फणीन्द्र देवकोटा सर्वोच्चमा, माओवादीले गरेको कारबाहीविरुद्ध रिट दायर 

ADV
मध्यान्ह
२०८१ असार ६ गते १७:४७
फणीन्द्र देवकोटा सर्वोच्चमा, माओवादीले गरेको कारबाहीविरुद्ध रिट दायर 

काठमाडौँ  : नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन् । देवकोटा माओवादीले गरेको कारबाहीविरुद्ध सर्वोच्च पुगेका हुन् । 

सर्वोच्च पुगेर उनले गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सभा सचिवालय, माओवादी केन्द्रीय कार्यालय, गण्डकी प्रदेश संसदीय दल, प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी  बनाएर  रिट दायर गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिंदा उनले ‘फ्लोर क्रस’ गरेर मत दिएपछि माओवादी संसदीय दलले देवकोटालाई कारबाही गरिएको पत्र पठाएको थियो । सभामुख घितालले माओवादीले पठाएको पत्र प्रदेश सभा बैठकमा सुनाएपछि देवकोटा सांसद पदबाट निलम्बनमा परेका थिए ।

रिटमा उनले आफू नेसपाको सांसद भएकाले माओवादीले कारबाही गर्न नमिल्ने जिकिर गरेका छन् । माओवादीको चुनाव चिह्नबाट लडेको भए पनि निर्वाचन आयोगले नेपाल समाजवादी पार्टीको सांसदकै रूपमा प्रमाणपत्र दिएको देवकोटाले उल्लेख गरेका छन् ।

देवकोटाले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेशको माग गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise