२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बृहत् बामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनको विकल्प छैन : सापकोटा

ADV
मध्यान्ह
२०८१ असार ६ गते २०:४१
बृहत् बामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनको विकल्प छैन : सापकोटा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नी प्रसाद सापकोटाले बृहत् बामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको बताएका छन् । सापकोटाले समाजवादी व्यवस्थाको लागि कम्युनिष्टहरुको बलियो उपस्थिमा मात्रै सम्भव हुने समेत बताए । 

बिहीबार काठमाडौंको संवाद डबलीमा ४७ औँ जुगेडी किसान संघर्ष दिवस तथा ३३ औँ किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफ्नो पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आशा जगाएको जिकिर गरे । 

पार्टी प्रवक्ता समेत रहेका सापकोटाले जनताले स्थायी सरकार र सत्ता चाहेको र कम्युनिष्टहरु एकताले मात्रै जनताएको सपना पूरा गर्ने धारणा राखेका हुन् ।

पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरुले जनतालई व्यापक मात्रामा भ्रम फैलाएको बताउँदै भने,‘लोकप्रियतावादीहरुले ठूलठूलो स्वरमा देश भक्तिको नौटङकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो भ्रमित हुनुहुँदैन ।’

आयोजक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान बिद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्र्ने प्रक्रिया नरोकिएकोप्रति रोष व्यक्त गरे । श्रेष्ठले २०३४ सालमा चितवन जिल्लाको काउले र कविलास लगायतका आसपासका किसानहरु धर्मराज मुल्मी नाम गरेका ब्यापारीबाट ठूलो प्रताडना खेपेको र त्यसको प्रतिबाद जनताले गरेको स्मरण गर्दै भने,‘जुगेडी जस्तै बिद्रो देशमा भइरहेको र आज पनि आवश्यक छ ।’

‘जनताको बिद्रोहको बलमा धर्मराज मुल्मीको सबै माल–सामान कब्जा गरेर जनताले बाँड्नै लागेको समयमा प्रहरीले हस्तक्षेप गरी दुईजना किसानको हत्या भयो आज पनि राज्य उस्ताको उस्तै छ’ श्रेष्ठले थपे । श्रेष्ठले अहिले पनि किसानको पक्षमा काम नभएको आरोप समेत लगाए ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले धर्मराज मुल्मी जस्तै हजारौं लघुवित्तीय शोषकहरुको बोलवाला रहेको आरोप लगाए । ज्ञवालीले जुगेडी बिद्रोहका सहिद किसानहरुको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जाहेर गर्दै भने,‘देशका लाखौंलाख किसान तथा दिदीबहीनीहरुलाई हजारौं लघुवित्तरुपी धर्मराजहरुले शोण गरिरहेका छन्, तीनको जरो हामीले उखेल्ने हो ।’

ज्ञवालीले जनताको घर आँगनबाट माथि उठेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बेला पहल लिएर पीडितका मागहरु पुरा गर्न सक्नु पर्नेमा जोड दिए ।

संगठनका उपाध्यक्ष अगस्त अधिकारीले लघुवित्तको दमन र शोणविरुद्ध सरकारले छिटोभन्दा छिटो कदम चाल्न माग राखे । आयोजक संगठनका सचिव शिवहरी खनालले सञ्चालन गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुर्य सुवेदी, पार्टीका केन्द्रीय सदस्य तथा किसान संगठनका फ्याक्सन इन्चार्ज सुनिल मानन्धर, पार्टी केन्द्रीय सदस्य कुमार पौडेल तथा संगठनका केन्द्रीय पदाधीकारीहरुको उपस्थिति रहेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise